२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

लयमा फर्किंदै सेयर बजार, कारोबारमा पनि सुधार

Untitled
Untitled
Untitled

काठमाण्डौ, धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।

बजार आज १४.८१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०८०.८६ को विन्दूमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.९१ अंकले बढेर ३९८.०७ को विन्दूमा पुगेको छ। कारोबार रकम ३ अर्ब रुपैयाँ माथिको भएको छ।

बजार जानकार महेश रिजाल लगातार बजार ३ दिन बढ्दा सकारात्मक महौल बनेको बताउँछन्।

‘ट्रेडर र इन्भेस्टर दुवैका लागि अब बजरमा अवसर देखिन्छ’, उनले भने, ‘आज कमर्सियल बैंकहरु बढ्नुले पनि बजार सकारात्मक हुने आशा गर्न सकिन्छ।

अब विस्तारै जलविद्युत सेक्टर बढ्दै जाने भएकोले पनि बजार सकारात्मक हुने आशा गर्न सकिन्छ।’

सेयर धितो कर्जा सहज भएकोले बजार बढ्न सहयोग पुगेको रिजालको भनाइ छ। ‘अब लगानीकर्ताको मनोबल बढ्दा बजार पनि बढ्ने देखिन्छ’, उनले भने।

अर्का बजार जानकार उपेन्द्र पाठक पनि सेयर धितो कर्जा सहज हुँदै जाँदा बजार बढेको बताउँछन्। ‘

लगातार ३ दिनदेखि भोलुमसहित बजार बढेको छ’, उनले भने, ‘आज केही राम्रा कम्पनीमा मुभ देखिएको छ।’

बटम लागेको बजार सबैतिरको महौल सकारात्मक हुँदा पनि बढ्न थालेको पाठकको भनाइ छ। ‘अब बजारमा सेयर लोन पनि विस्तारै बढ्छ’, उनले भने, ‘किनकि निर्माण र उद्योग क्षेत्र पनि ठप्प छन्।’

लगानीकर्ताले राजनीतिक घटनाक्रममा चासो दिइरहेको हुन सक्ने पाठकको तर्क छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक २.२१ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.८७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.०७ प्रतिशत, विकास बैंक समूहमा ०.५५ प्रतिशत, जलविद्युत समूहमा ०.८२ प्रतिशत, लगानी समूहमा ०.४१ प्रतिशत, जीवन बीमा समूहमा ०.५१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०१ प्रतिशत र व्यापार समूह ०.०८ अंकको बढोत्तरी भएको छ।

आज लघुवित्त समूह सर्वाधिक ०.३५ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.१८ प्रतिशतले घट्दा वित्त समूहमा ०.०७ प्रतिशत र अन्य समूहमा ०.०१ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७१ कम्पनीका ९७ लाख १८ हजार ७५४ कम्पनीका ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक ५८ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

घोराही सिमेन्टको २३ करोड १५ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको १४ करोड ५२ लाख रुपैयाँ, माउन्टेन इनर्जीको ११ करोड ७३ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको १० करोड ६१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ८ करोड रुपैयाँ, ज्योति विकास बैंकको ६ करोड ६९ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ४० लाख रुपैयाँ, एभरेस्ट बैंकको ४ करोड ९४ लाख रुपैयाँ र सानिमा बैंकको ४ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीका सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। थ्रीस्टार हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा अप्पर साङ्गे हाइड्रोपावर र माउन्टेन इनर्जीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।

यो दिन घोराही सिमेन्टका सेयरधनीहरुले सर्वाधिक गुमाए। आजबाट दोस्रो बजारमा कारोबारमा आएको यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।

Untitled
Untitled
Untitled