२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

छहरे–टोखा सुरुङमार्ग निर्माण सरकारको उच्च प्राथमिकतामा

Untitled
Untitled
Untitled

नुुवाकोट, प्रधानमन्त्री पुष्पकमल दाहालले छहरे–टोखा सुरुङमार्ग निर्माण राजनीति गर्ने विषय नभई यो राष्ट्रको बृहत् हितका निम्ति हुने बताएका छन् ।

शनिबार पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले छहरे(टोखा सुरुङमार्ग निर्माणमा सबैले राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले छहरे–टोखा सुरुङमार्गले धेरैतिर बहुआयामिकरुपले नेपाल राष्ट्रको हित, आर्थिक क्रियाकलापमा हुने हुनाले हामीले राजनीतिक आग्रहबाट हेर्न नहुने स्पस्ट पारे ।

प्रधानमन्त्री दाहालले राष्ट्रको आवश्यकतालाई हेरेर मैले कूटनीतिक तहमा र राजनीति तहमा पनि यो सुरुङमार्ग अगाडि बढाउन योगदान भएको र यो पटक नुवाकोटले नीति तथा कार्यक्रममा पनि र बजेटमा पनि सकारात्मक हिस्सेदारी प्राप्त गरेको उल्लेख गरे ।

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुप्चेश्वर गाउँपालिका नाम्सापुराण नुवाकोटस्थित छेवाङ ग्लान ङाछर्यालिङ गुम्बामा गुरु पद्म्सम्भव मूर्तिको प्राण प्रतिस्थापन तथा समुद्घाटन कार्यक्रममा सरकारको प्राथमिकतामा पूर्वाधार विकास रहेको बताएका छन् ।

Image Not Found

‘हामीसँग राजस्वबाट प्राप्त हुने आम्दानी यो वर्ष थोरै छ । यो थोरै आम्दानीलाई देशैभरिको विकास निर्माणमा पुर्‍याउनुपर्ने हुन्छ । स्रोतको समस्या छ, यसका बाबजुद जे सम्भव हुन्छ, मबाट काम हुनेछ,’ उनले भने ।

मन्त्री डा. महतले ‘नेपाली कांग्रेसले विकास निर्माणलाई सधैं प्राथमिकता दिँदै आएको बताए । कांग्रेस जहिले सरकारमा हुन्छ, त्यसबेला जनताको पीरमर्का, आवश्यकता र विकास निर्माणलाई प्राथमिकतामा राखेको हुने उनको भनाइ थियो ।

प्रदेश सरकारको लगानीमा सिधैं राजधानी काठमाडौं(खोले गाउँ(महाकाली हुँदै दुप्चेश्वर जोडिँदै छ । ट्रयाक जोडिसकेको छ, अब पक्की बाटो बन्दै छ ।

केन्द्र सरकारको लगानीमा गंगटे त्रिशुलीदेखि नै गोल्फु भञ्ज्याङसम्म जाने बाटो बनेको छ’ अर्थमन्त्री डा. महतले भने, समुन्द्र टारदेखि यता, त्यो कच्ची छ, बर्खामा धेरै अप्ठ्यारो छ ।

यो बाटोलाई पक्की गर्नुपर्ने आवश्यकता छ । ढिकुरेदेखि समुन्द्रटारसम्मको बाटो पनि स्तरोन्नति गर्न आवश्यक छ ।

यसका लागि आवश्यक बजेट विनियोजन हुनेछ । यो काम हामी गछौं, यो दुईओटा बाटो जोडिसकेपछि यहाँका जनताका कठिनाइका दिन अन्त्य हुनेछ ।’

कार्यक्रममा डा. महतले भने, हामी सबै धर्म, संस्कार, नैतिक मूल्य र मान्यताले बाँचेका छौं । हजारौं वर्षदेखि हामी एकअर्काप्रति सद्भाव बाँड्दै अगाडि बढेका छौं ।

त्यो हाम्रो महान धर्म संस्कृति र त्यसले सिकाएको पाठका आधारमा हामी सञ्चालित छौं । प्रचीन छेवाङ ग्लाङ ग्याङ छालिङ गुम्बामा बुद्धपछिको बुद्ध पद्मसम्भव गुरु रिम्पोचेको मूर्ति स्थापित भएको छ । यसले शान्ति, सद्भाव र आत्म ज्ञान विकास गर्न मद्दत पुग्नेछ ।’

‘पद्मसम्भवले १२ सय वर्ष अगाडि तपस्या गरेर तिब्बतमा बुद्ध धर्म फैलाएका थिए । नेपालको ठाउँ ठाउँमा उनको उपस्थिति रहेको छ । पद्म सम्भवले सिकाएको पाठलाई अनुशरण गर्दै हामी अगाडि बढ्नुपर्छ’ अर्थमन्त्री डा. महतले भने ।

पञ्ककन्या गाउँपालिका ३ लाकुरीभन्ञ्जायमा बनेको नयाँ तीनतले भवनमा २७ कोठा छन् । यसको लागत ६ करोड २ लाख रुपैयाँ रहेको पालिकाले जनाएको छ । प्रधानमन्त्री दाहालले डिपबोरिङ, भवन अगाडिको बुद्धको मूर्तिसमेत उद्घाटन गरे ।

कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङ, वाग्मती प्रदेश सदस्य राधिका तामाङ, रमेशकुमार महतले धारणा राखेका थिए ।

Untitled
Untitled
Untitled