२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

धार्मिक तथा साँस्कृतिक पर्यटन महोत्सव २०८१ को तीब्र तयारी

Untitled
Untitled
Untitled

काठमाडौँ । हरेक शैक्षिक संस्थामा आध्यात्मिक शिक्षा लागु गर्ने र योग ध्यान भवन निमार्ण एवं ११ अवतार शिवस्तम्भ स्थापना गर्ने उदेश्यका साथ धार्मिक सांस्कृतिक पर्यटन महोत्सव २०८१—श्रीमद्भागवत, शिवमहापुराण एवं अखण्ड रामायणज्ञान महायज्ञ फागुन ४ देखि १४ गते सम्म नागार्जुन ९ र १० स्यूचाटार काठमाडौंको प्रधुन्न शालिक चोकमा हुन गईरहेको छ ।

प्राकृतिक राजयोग ध्यान केन्द्र नेपाल, विश्व शान्ति फाउण्डेशन नेपाल र स्वामिनारायण सेवा संस्था नेपालद्घारा आयोजना हुन गई रहेको कार्यक्रममा योग ध्यान, आध्यात्मिक शिक्षा आजको आवश्यकता भन्ने मूल ज्ञान सबैमा अमृतपान गराउने उद्देश्य राखिएको मूल समारोह समितिका अध्यक्ष प्रदिप गौतमले बताउनु भएको छ ।

यस माहायज्ञमा व्यासचार्य पं.श्री वासुदेव घिमिरे, शिवपुराण वाचक पं.श्री गोकर्ण खनाल, श्री भागवत् वाचक आचार्य पं.श्री गोविन्द दाहाल साथै आर्चाय पं.श्री उज्जल दवाडी, श्री रामायण कथा वाचक पं.श्री अनिल शर्मा (राजस्थान भारत) को मुखारविन्दबाट वाचित हुने कथा अमृतपानका लागि हार्दिक निमन्त्रणा गरिएको अध्यक्ष गौतमले बताउनुभएको छ ।

आज हरेक मानबमा स्वास्थ्य समस्या भएर उपचारकालागि अस्पतालमा ठुलो धन राशि खर्च गर्नुपर्ने वा खर्च गर्न नसक्नेले अकालमै मर्नुपर्ने अबस्था सृजना भैरहेको सन्दर्भमा त्यसको हल गर्न, तनाव व्यबस्थापन गर्न, योग ध्यान र नैतिक शिक्षाको लागि हरेक शैक्षिक संस्थामा अतिरिक्त आध्यात्मिक शिक्षा विषय पनि समावेश गर्नु पर्ने, शिक्षा निति लागु गर्ने र योग ध्यान भवन निमार्ण एवं ११ अवतारको शिवस्तम्भ स्थापना गर्ने उद्देश्यका साथ आयोजित यस पावन कार्यक्रममा पुण्यलाभका लागि गरिमामय उपस्थितिका लागि सबै श्रद्घालु माहानुभावहरुलाई हार्दिक निमन्त्रणा गरिएको समितीका अध्यक्ष गौतमले एक कार्यक्रमका विच जानकारी गराउनु भएको छ ।

महायज्ञमा विभिन्न पेसा ब्यबसायमा सम्बद्ध उद्योगपती, ब्यबसायी, बौद्धिक वर्ग एवं आम स्यूचारबासी भक्तजनहरुको उपस्थिति रहने मुल समारोह समितिका सदस्य पं. बासुदेव घिमिरेले बताउनु भएको छ । साथै विभिन्न मिडिया मार्फत महायज्ञमा सहभागी भई आध्यात्मिक ज्ञान लिन सबैमा निमन्त्रणा र आग्रह गरिएको छ ।

Untitled
Untitled
Untitled