२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मातातीर्थ औँसीको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री बालेन्द्र साह(बालेन) ले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गरेका छन्।

उनले आफ्नो सन्देशमा संस्कृत श्लोक ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ उद्धृत गर्दै आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गरेका छन्।

उनले आमालाई जीवनको पहिलो गुरु, माया र त्यागको अनुपम स्रोतका रूपमा वर्णन गरेका छन्।

बालेनले सबै आमाहरूको दीर्घायु, सुख र सम्मानको कामना गर्दै आमाप्रतिको कृतज्ञता व्यक्त गरेका छन्।

साथै, ‘आमालाई सधैं हँसाउन सकौँ र सन्तानको कर्ममा आमाले गर्व गर्न सकून्’ भन्ने भावनासमेत व्यक्त गरेका छन्।

उनले अन्त्यमा नेपाल आमाप्रति संकेत गर्दै ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भन्दै देशको समृद्धि र खुसीप्रतिको अपेक्षा व्यक्त गरेका छन्।

मातातीर्थ औँसीको अवसरमा उनले सम्पूर्ण आमाहरूलाई शुभकामना समेत दिएका छन्।

Untitled
Untitled
Untitled