२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सभापति देउवाद्वारा सुख, शान्ति र समृद्धिको शुभकामना

Untitled
Untitled
Untitled

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मकर सङ्क्रान्ति अर्थात माघे संक्रान्ति’ को अवसरमा दिनु भएको शुभकामना सन्देशमा यस पर्वले राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, ‘‘मकर संक्रान्ति-माघे संक्रान्तिलाई नेपालका विभिन्न जातजातिहरुले विशेष पर्वका रूपमा मनाउँदै आएका छन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यस्ता पर्वले सामाजिक सद्भावना बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेशा अबलम्बन गर्ने नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाउनुका साथै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।’’

यस दिनलाई विशेष पर्वका रुपमा मनाउनु हुने थारु समुदायलगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पार्टी र मेरोतर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु, सभापति देउवाको शुभकामना सन्देशमा भनिएको छ ।

Untitled
Untitled
Untitled