२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

यू-१९ विश्वकपबाट बाहिरियो नेपाल, अस्ट्रेलियाविरुद्ध ८३ रनले पराजित

Untitled
Untitled
Untitled
काठमाण्डू, नेपाल आइसिसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘डी’ अन्तर्गत बुधबार अस्ट्रेलियाविरुद्ध ८३ रनले पराजित भएसँगै औपचारिकरूपमा नेपाल विश्वकपबाट बाहिरिएको हो । नेपालले यू–१९ महिला विश्वकपकव् पहिलो सहभागितामा तीनवटै खेलमा पराजय बेहोर्‍यो । नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः बंगलादेशसँग ५ विकेट तथा स्कटल्याण्डविरुद्ध एक विकेटको हार बेहोर्‍यो । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान पूजा महतोले ४२ बलमा सर्वाधिक १८ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । अस्ट्रेलियाका लागि जुलिएट मोर्टनले ४ ओभरमा एक मेडनसहित १० रन दिएर सर्वाधिक दुई विकेट लिइन् । त्यसअघि मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनायो ।
उसका लागि काओइमहे ब्रायले ४५, एलेनोर लारोसाले ३१, हसरत गिलले ३० र क्लोए आइन्सवर्थले १६ रन जोडिन् । नेपालका लागि कप्तान पूजा महतोले चार ओभरमा ३१ रन दिएर तीन विकेट लिइन् । यस्तै, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट लिइन् ।
Untitled
Untitled
Untitled