२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

दयाहाङ ६ महिनापछि फेरि पर्दामा आउँदै

Untitled
Untitled
Untitled

काठमाडौं । अभिनेता दयाहाङ राई यसपटक केही समयको अन्तरालपछि पर्दामा देखिँदैछन्। आगामी २६ गते कार्साङ नामक फिल्मबाट उनी ६ महिनापश्चात् दर्शकमाझ आउन लागेका हुन्।

यसअघि गत असार २८ गते घर ज्वाईंका साथ पर्दामा देखिएका थिए। कार्साङमा भने दयाहाङ आम ग्रामीण परिवेशको एक पारिवारिक जिम्मेवार अभिभावकको भूमिकामा देखिने छन्। उनी अभाव र दुःखबीच आफ्नो जातीय संस्कारलाई जोगाउने इमान्दार चरित्रमा देखिनेछन्। कार्साङबाट गरिबीमा जीवन बिताइरहेका आम नेपालीको कथाभन्दा दर्शकले शेर्पा समुदायको कल्चर पनि अनुभूत गर्न पाउनेछन्।

प्रायः दयाहाङ हाइफाइ र छटपटेभन्दा मौलिक कथामार्फत फिल्ममा देखिँदै आएका छन्। यसपटक पनि उनी शेर्पा समुदायको कथा लिएर आउँदैछन्। कार्साङ यम शेर्पाको डेब्यु निर्देशनमा बनेको फिल्म हो। फिल्मको कथा पनि निर्देशक स्वयंले लेखेका छन्।

फिल्ममा अभिनेता दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारले अभिनय गरेका छन्।

यार्सा फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्स्को ब्यानरमा छायाँकार पुरुषोत्तम प्रधानद्वारा निर्मित फिल्ममा गोविन्द बोहरा सह निर्माता र आङछिरिङ शेर्पा कार्यकारी निर्माता रहेका छन्।

Untitled
Untitled
Untitled