२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काठमाडौंमा युएई दूतावासले मनायो ५३ औं राष्ट्रिय दिवस

Untitled
Untitled
Untitled

काठमाडौं। काठमाडौंस्थित युनाइटेड अरब इमिरेट्स (युएई) दूतावासले आइतबार राजधानीमा एक समारोहको आयोजना गरी आफ्नो ५३ औं राष्ट्रिय दिवस मनायो । उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त समारोहमा नेपालका लागि युएईका राजदूत अब्दुल्लाह अल शम्सीले सन् २०२६ मा संयुक्त राष्ट्रसंघको विकासोन्मुख राष्ट्रको सूचीबाट माथि उक्लने तयारीमा लागेको नेपाललाई युएईले आवश्यक सहयोग गर्ने बताए । उनले आगामी दिनमा पनि नेपालको आर्थिक विकासका लागि पर्यटन प्रवद्र्धनलगायत अन्य क्षेत्रमा युएईले सहयोग जारी राख्ने पनि बताए ।

कार्यक्रममा राजदूत शम्सीले युएईले अर्को दशकका लागि विकास यात्रा जारी राख्न नयाँ दृष्टिकोण र राष्ट्रिय कार्ययोजनास्वरुप “वी द इमिरेट्स २०३१” को अवधारणा ल्याएको जिकिर गर्दै भने– “यो अवधारणा सामाजिक, आर्थिक, लगानी र विकासका पक्षहरुमा केन्द्रित छ । यसले दीगो विकास र नवप्रवर्तनका लागि विश्वव्यापी केन्द्र बन्ने तथा जलवायु परिवर्तन र खाद्य सुरक्षालाई सुदृढ पार्ने जस्ता आधुनिक चुनौतीहरुको समाधान गर्न अन्तर्राष्ट्रिय प्रयासमा प्रभावकारी योगदान दिने लक्ष्य राखेको छ । ”

युएईले हरेक वर्ष डिसेम्बर २ मा युएईको राष्ट्रिय पहिचान, एकता र समृद्धिको प्रतीकस्वरुप राष्ट्रिय दिवस मनाउँदै आएको छ । उक्त दिन सन् १९७१ मा सात वटा इमिरेट्स (अबुधाबी, दुबई, शारजाह, अजमान, उम्म अल–कुवैन, रस अल–खैमाह र फुजैराह) एकजुट भई संयुक्त अरब इमिरेट्सको स्थापना भएको थियो ।

Untitled
Untitled
Untitled