२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

राष्ट्रिय सुरक्षा परिषद् बैठक: सेनाले हतियार खरिद गर्ने

Untitled
Untitled
Untitled

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति जटिल बन्दै गएको भन्दै नेपाली सेनालाई आवश्यक हतियार खरिद गर्न मन्त्रिपरिषद्लाई आग्रह गर्ने निर्णय गरेको छ।

राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको ३५औं बैठकले नेपाली सेनालाई आवश्यक हतियार खरिदका लागि मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाउने निर्णय गरेको छ। बैठकले नेपाली सेनाका लागि आर्थिक वर्ष २०८१ ०८२ का लागि खरिद गर्ने हातहतियार, गोली गठ्ठालगायतका सैन्य सामग्री खरिद उक्त निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, रक्षा सचिव रामेश्वर दंगाललगायतको सहभागितामा बसेको बैठकले मध्यपूर्वमा बढ्दै गएको तनावको बारेमा गम्भीर छलफल हुनुका साथै त्यहाँ रहेका नेपालीको सुरक्षा अवस्थाको बारेमा समेत गम्भीर छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ।

बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने बिभिन्न चुनौती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका सुरक्षा चुनौतीका बारेमा समेत छलफल भएको रक्षा सचिव रामेश्वर दंगालले सैनिक मुख्यालयमा पठाएको पत्रमा उल्लेख गरिएको छ।

मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा र भावी रणनीतिको बारेमा समेत छलफल गर्दै आवश्यक परे उनीहरूको उद्धारका लागि समेत सरकार तयारी अवस्थामा बस्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ।

Untitled
Untitled
Untitled