२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

साताको पहिलो दिन सुनको मूल्य तोलामा २७ सयले घट्यो

Untitled
Untitled
Untitled

काठमाण्डू, स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु. दुई हजार सात सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो ।

आजका लागि रु। एक लाख ४२ हजार निर्धारण भएको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला रु. ५० ले घटेको छ । शुक्रबार प्रतितोला रु। एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु. एक हजार आठ सय १५ निर्धारण भएको छ ।

रासस

Untitled
Untitled
Untitled