२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रतुवा खोलामा एक्कसी आएको बाढीले जीप बगाउँदा शर्मिला वानेम र ३ वर्षीय निहाङ लिम्बूको मृत्यु

Untitled
Untitled
Untitled

विराटनगर, रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका-५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका-५ की अन्दाजी ३० वर्षीय सर्मिला वानेम र माङ्सेबुङ(३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बूको मृत्यु भएको हो । निरु लिम्बू घाइते छिन् ।

उनको उपचार भइरहेको छ । लु१च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए ।

प्रहरीले सवारी चालक २२ वर्षीय नेत्रहाङ लिम्बूलाई नियन्त्रणमा लिएको छ ।

Untitled
Untitled
Untitled