२०८३ असार ८ सोमवार | Monday, Jun 22 2026

गोरखाको चुननुब्रीमा हिमताल फुट्यो, बाढीले एउटा पुल बगायो

Untitled
Untitled
Untitled

गोरखा, गोरखाको चुननुब्री गाउँपालिका-१ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ।

हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

‘बाढी काठको १५ मिटर लामो एउटा पुल बगाएको सूचना हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ( एसप ) बासुदेव पाठकले भने, ‘प्रहरी टोली घटनास्थलतिर जाँदैछ।

क्षतिको थप विवरण आइसकेको छैन।’ ताल रहेको क्षेत्र चुननुब्री -१ सानागाउँबाट झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने पाठकले बताए।

‘त्यहाँ मानव वस्ती त्यति नभएकाले बाढीले मानिस र पशु चौपायालाई क्षति नगरेको हुनसक्छ,’ उनले भने, ‘माथिबाट हिउँ पग्लिएर ताल भरिएपछि फुटेको आशंका हामीले गरेका छौँ। स्थलगत अध्ययनपछि यथार्थ थाहा होला।’

उनले वीरेन्द्र ताल सानै खाले ताल भएको बताए।

Untitled
Untitled
Untitled