२०८३ असार ८ सोमवार | Monday, Jun 22 2026

इलाम–२ मा कांग्रेसले फराकिलो अन्तरले जित्छ : महामन्त्री शर्मा

Untitled
Untitled
Untitled

इलाम, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम क्षेत्र नम्बर २ मा हजारौँ मतान्तरले पार्टीका उम्मेदवार डम्बर खड्काले जित्ने दाबी गरेका छन्।

इलाम–२ को चुनावी कमान्डरसमेत रहेका शर्माले यही वैशाख १९ गतेसम्म चुनावी परिणाम आइसक्ने बताउँदै रुख चिन्ह हजारौँ मतसहित विजयी हुने बताए।

‘१५ गते निर्वाचन हुन्छ, १६ गतेबाट मतगणना हुन्छ। १९ गते बिहान हुँदै गर्दा परिणाम आउँछ। यो मुस्कान साँच्चैको मुस्कानमा परिणत हुन्छ।

रुख चिन्ह हजारौँको मतका साथ विजयी बन्दै छ,’ शर्माले भने।

अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसका उम्मेदवार खड्का झीनो मतान्तरले हार व्यहोरेका थिए। सभापति शेरबहादुर देउवाले उनै खड्कालाई फेरि टिकट दिएका छन्।

खड्कालाई जिताउन दुवै महामन्त्री शर्मा र गगन थापा शनिबार इलामको सदरमुकाम चोकबजारमा आयोजित सभामा भाग लिन आइपुगेका छन्।

इलाममा परिवर्तन, पहिचान र प्रगति चाहेको भन्दै महामन्त्री शर्माले खड्कालाई जिताएर यहाँको विकासमा सहयोग गर्न आग्रह पनि गरे।

Untitled
Untitled
Untitled