२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

एमाले संसदीय दलको बैठक बस्दै, सांसदका काम कारबाहीको समीक्षा गर्ने

Untitled
Untitled
Untitled

काठमाडौं, सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

एमालेले आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल गर्नुका साथै सांसदका काम कारबाहीको समीक्षा गर्ने जनाएको छ ।

यस्तै, संसदीय समितिहरूमा कसरी प्रस्तुत हुने तथा समितिमा रहेका विचाराधीन विधेयकको सन्दर्भमा समेत एमाले संसदीय दलले छलफल गर्दै छ ।

Untitled
Untitled
Untitled