धनगढी, सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय सीमा आज आइतबार सकिंदैछ ।
प्रदेश प्रमुखले सरकारमा दाबी पेस गर्न दिएको समय आइतबार साँझ ५ बजे सकिने भए पनि अहिलेसम्म कसैले पनि दाबी गरेका छैनन् ।
सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी ९नाउपा०लाई मुख्यमन्त्री दिने नयाँ गठबन्धनमा सहमति भइसकेको छ ।
तर, नाउपाभित्र मुख्यमन्त्रीका रूपमा कसलाई अघि बढाउने भन्ने विषयमा विवाद हुँदा ढिलाइ भएको हो ।
नाउपामा अध्यक्ष रञ्जिता पक्षले कैलाश चौधरी र संरक्षक रेशम चौधरी पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेपछि विवाद छ ।
गठबन्धनले आइतबार साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने जनाएको छ । नाउपाकि अध्यक्ष रञ्जिता श्रेष्ठ काठमाडौंपछि धनगढी पुगेपछि सरकारमा दाबी पेस गरिने बताइएको छ ।


































