२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने

Untitled
Untitled
Untitled

काठमाडौं, सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो १ बजे बोलाइएको बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, आउँदो १५ वैशाखमा हुने उपचुनाव र समसामयिक राजनीतिक विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही ८ र ९ वैशाखमा गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्दैछ । बैठकमा महाधिवेशनमा सहभागी २ हजार १५३ जना प्रतिनिधि सहभागी हुनेछन् ।

परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने एमालेले जनाएको छ ।

यस्तै, एमाले १० वैशाखमा नेकपाको ७५औँ स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारीमा पनि छ ।

Untitled
Untitled
Untitled