२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

जसपा साँसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभा बैठक

Untitled
Untitled
Untitled

काठमाडौं, जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठक सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकिएको हो । बैठकले अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।

सभामुख देवराज भने, ‘जनता समाजवादी पार्टी नेपालबाट विक्रम संवत २०७९ सालको प्रतिनिधि सभामा समानुपातिक सदस्यको रुपमा निर्वाचित सदस्य विक्रम संवत २०४६ सालको आन्दोलनबाट राजनीतिक यात्र शुरुवात गरेकी मञ्जु शर्मा अन्सारीको ६० वर्षको उमेरमा मिति २०८० साल चैत्र ४ गते आइतवार उपचारको क्रममा असामयिक निधन भएकोमा प्रतिनिधिसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।’

सांसद शर्मा २०७९ सालको निर्वाचन समानुपातिकतर्फको निर्वाचनबाट जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् ।

२०४६ सालको जनआन्दोलनको क्रममा राजनीतिक यात्रा सुरू गरेकी ६० वर्षीया मञ्जुको आज बिहान काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक चैत्र ५ गते ( भोलि)  बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

 

Untitled
Untitled
Untitled