काठमाडौं, आसन्न राष्ट्रियसभा निर्वाचनमा एकीकृत समाजवादीले दुई सीटमै चित्त बुझाएपछि सत्तागठबन्धनमा भागबन्डा मिलेको हो ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।
सहमतिअनुसार १९ सिटमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने छन् ।
शनिबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले ११, माओवादीले ६, एस र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले एक–एक सिट दाबी गरेका थिए ।
चार दलले धेरै सिट दाबी गरेको भन्दै जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा बैठकबाट बाहिरिएका थिए ।


































