२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अष्ट्रेलियाले छैटौंपटक जित्यो वानडे विश्वकप उपाधि

Untitled
Untitled
Untitled

एजेन्सी, १३ औं संस्करणको आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो । उसले छैटौंपटक एकदिवसीय विश्वकप उपाधि जितेको हो ।

यसअघि अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारत भने यसपटक पनि चुक्यो ।

भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो । ऊ यसपटक अपराजित रहँदै फाइनल पुगेको थियो । भारतले फाइनलमा पनि सजह जीत निकाल्ने धेरैको अनुमान थियो । तर, फाइनलमा उसको प्रदर्शन कमजोर रह्यो ।

फाइनलमा भारतले दिएको २ सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि ट्र्भिस हेडले शतकीय इनिङ खेले ।

१२० बलको सामना गरेका उनले १५ चौका र ४ छक्कासहित १ सय ३७ रन बनाए । यस्तै, मार्नस लाबुशेनले अविजित ५८, मिचेल मार्शले १५, डेविड वार्नरले ७ र स्टिभ स्मिथले ४ रन जोडे ।

भारतका लागि मोहम्मद शामी, मोहम्मद सिराज र जसप्रीत बुमराहले मात्र एकरएक विकेट लिन सके ।

त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रनमा अलआउट भयो ।

उसका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४, कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ र कुलदीप यादवले अविजित १० रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन, जोश हेजलउड , कप्तान प्याट कमिन्सले दुई/दुई, एडम जाम्पा, ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए ।

Untitled
Untitled
Untitled