२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अछामको कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको टेम्पो दुर्घटना, दुई जनाको मृत्यु, चार घाइते

Untitled
Untitled
Untitled

अछाम, अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्।

कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नम्बर २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन्।

उनीहरुको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

रासस

 

Untitled
Untitled
Untitled