२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

गाजाको अस्पतालमा प्रवेश गर्‍यो इजरायली सेना

Untitled
Untitled
Untitled

काठमाडौं, इजरायली सेनाले केही साताअघि गाजा क्षेत्रको अस्पतालमा आक्रमण गरेर ध्वस्त गरेको थियो । विश्वभरबाट इजरायलको भर्त्सना भएको थियो ।

फेरि इजरायली सेना गाजाको ठुलोमध्येको एक अल सिफा अस्पतालमा प्रवेश गरेको छ ।

इजरायली सेनाले अस्पताल प्रवेश गरेर त्यहाँको सबै तला र कोठाहरूमा सर्च गरेको छ । इजरायली सेनाले यो अस्पतालमा हमासले आफ्नो हतियारहरू लुकाएको जिकिर गरेको छ ।

अस्पतालमुनिको सुरुङबाट हमासले आफ्नो कमान्ड सञ्चालन गरेको पनि इजरायली सेनाको दाबी छ ।

हमासले भने यो दाबी अस्वीकार गर्दै अस्पताल कब्जामा लिनु युद्ध अपराध भएको बताएको छ । उक्त अस्पतालमा सयौँ सर्वसाधारण, बिरामी र स्वास्थ्यकर्मी रहेका छन् ।

बीबीसीका अनुसार इजरायली सेनाले अस्पतालको प्रत्येक कोठामा छापा मारेको छ । तर, त्यहाँ गोली चलाएको छैन् ।

अल सिफा अस्पतालका एक चिकित्सकका अनुसार अस्पतालमा बिजुली, पानी र अक्सिजन छैन ।

यही कारण ६ जना नवजात शिशुको मृत्यु भएको अस्पतालका चिकित्सक डा. अहमद मोखाल्लालत्तीले बीबीसीसँग बताएका छन् ।

 

Untitled
Untitled
Untitled