२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

एमाले कोशी प्रदेशको प्रथम अधिवेशन सुरु, अध्यक्ष ओलीले गरे रिमोट कन्ट्रोलको स्वीच थिचेर उद्घाटन

Untitled
Untitled
Untitled

विराटनगर, नेकपा (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन सुरु भएको छ । अध्यक्ष केपी ओलीले समारोहस्थलमा राखिएको डिजिटल ब्यानरलाई रिमोट कन्ट्रोलको स्वीच थिचेर अधिवेशनको उद्घाटन गरेका छन् ।

अधिवेशनमा सहभागी हुन एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरु, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरु विराटनगर आएका छन् ।

मुलुक प्रदेश संरचनामा गएपछि एमालेले पहिलो पटक कोशी प्रदेशको अधिवेशन गरेको हो । यस अधिवेशनमा एक हजार ४७ प्रतिनिधि सहभागी हुने अधिवेशन आयोजक समितिले जनाएको छ ।

अधिवेशनमा प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदूरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अध्यक्ष तुलसिप्रसाद न्यौपानेले जानकारी दिए । अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ ।

Untitled
Untitled
Untitled