२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

उच्चस्तरीय आयोग ‘प्रतिपक्षलाई विश्वासमा लिन बनाइएको रंगिन टालो’: महामन्त्री शर्मा

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गरेका छन् ।

बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । साउनमा पक्राउ परेको सुन, भदौमा सहमति गर्ने र असोजमा उच्चस्तरीय छानबिन आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरिएको उनले बताए ।

महामन्त्री शर्माले अन्ततः प्रतिपक्ष पनि सिआइबीबाटै अनुसन्धान हुनुपर्छ भन्नेमा सहमत भएको बताए ।

अब हुने अनुसन्धानमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने उनले बताए ।

महामन्त्री शर्माले सरकारले सुन तस्करीसहित विभिन्न तस्करीलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने औँल्याए ।

Untitled
Untitled
Untitled