२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

दोहोरो अंकले बजार बढ्दा सबै समूहमा हरियाली, कारोबारमा पनि सुधार

Untitled
Untitled
Untitled

काठमाण्डौ, सेयर बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ। बजार आज २९.४७ अंकले उकालो लागेको हो।

योसँगै नेप्से परिसूचक २०४५.४५ को विन्दूमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३० अंकले बढेर ३९०.२८ को विन्दूमा पुगेको छ।

कारोबार रकम हिजोको तुलनामा बढेर साढे १ अर्ब रुपैयाँ माथिको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

यो दिन जलविद्युत समूह सर्वाधिक २.७४ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह २.५१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.७५ प्रतिशत, विकास बैंक समूहमा १.१४ प्रतिशत, वित्त समूहमा १.९५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.२१ प्रतिशत, लगानी समूहमा १.५२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८० प्रतिशत, लघुवित्त समूहमा १.६८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६७ प्रतिशत, निर्जीवन बीमा समूहमा २.१६ प्रतिशत, अन्य समूहमा ०.८९ प्रतिशत र व्यापार समूहमा १.९३ प्रतिशतको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७३ कम्पनीका ४२ लाख ३७ हजार ६९ कित्ता सेयर १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९८५ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन घोराही सिमेन्टको सर्वाधिक ७ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

सोल्टी होटेलको ७ करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको आज आईएमई लाइफको ५ करोड ४६ लाख रुपैयाँ, एसियन लाइफको ४ करोड ३६ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ८७ लाख रुपैयाँ, हिमालयन लाइफको ३ करोड ८२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ३ करोड ६४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको २ करोड ९२ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको २ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। लिबर्टी इनर्जीको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

Untitled
Untitled
Untitled