२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

चार देश सम्मिलित टी–२० आई सिरिज क्रिकेटमा नेपालको लगातार दोस्रो जीत, कुवेत ३४ रनले पराजित

Untitled
Untitled
Untitled

काठमाडौ, चार देश सम्मिलित टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जीत निकालेको छ।

बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो।

नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्र बनाउन सक्यो।

कुवेतलाई कम स्कोरमा रोक्न इन्दु बर्मा एक्लैले ३ विकेट लिईन्। इन्दुले ४ ओभरमा १५ रन खर्चिईन्।

खुसी डंगोलले दुई विकेट झारिन्। राष्ट्रिय टोलीमा डेब्यु गरेकी लेग स्पिनर खुसीले डेब्यु खेलमा नै विकेट लिएकी हुन्।

कविता कुँवर, सीता रानामगर र इश्वरी विष्टले एक एक विकेट आफ्नो नाममा गरे।

जिफा जिलानीले ११ र खादिजा खलीले बनाएको १० रन नै कुवेतका लागि सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघिबायोमास ओभलमा कुुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रनको सामान्य योगफल तयार पारेको थियो।

कुवेतका बलरसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालका लागि इन्दू वर्माले बनाएको २३ रन नै सर्वाधिक रह्यो।

इन्दूले १९ बलमा २ चौका मद्धतमा २३ रन बनाउँदा क्याच आउट हुन पुगिन्। बिन्दू रावलले २० र काजल श्रेष्ठले १९ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

कुवेतका लागि मरियम हैदर एक्लैले चार विकेट लिईन्। मरियम उमरले दुई तथा प्रियदा मुरली र खासदजा खलीलले समान एक विकेट आफ्नो नाममा गरे।

लगातार दोस्रो जितसँगै नेपाल ४ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो।

एक खेलमा जित र एक खेलमा हार भोगेको हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा छ। लगातार दोस्रो हार व्यहोरेको कुवेत अंकविहीन रुपमा तालिकाको पुछारमा छ।

नेपालले सिरिजको आफ्नो अन्तिम खेल शुक्रबार घरेलु टोली मलेसियासँग खेल्नेछ।

समूहको शीर्ष दुईमा रहने टोलीले शनिबार फाइनल खेल्नेछन्। पुछारका २ टोलीले भने तेस्रो र चौथो स्थानका लागि स्पर्धा गर्नेछन्।

Untitled
Untitled
Untitled