२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

टी-२० सिरिजमा नेपालको विजयी सुरुवात, हङकङलाई ६ विकेटले हरायो

Untitled
Untitled
Untitled

काठमाडौ, अलराउण्डर सिता राना मगर र सम्झना खड्काको उत्कृष्ट प्रर्दशनमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टि – २० आई खेलमा विजयी सुरुवात गरेको छ।

हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

सम्झना कुमारी खड्का ३६ सीता राना मगर ३ रनमा नटआउट रहे। सम्झना ३६ बलमा ५ चौका हान्दै ३६ रनको योगदान दिइन्।

ओपनर पुजा महतोले १६ रनको योगदान दिईन्। नेपाली राष्ट्रिय महिला टोलीमा डेब्यु गरेकी पुजाले एक विकेट समेत आफ्नो नाममा गरिन्।

अर्की ओपनर बिन्दु रावल शुन्उ रनमा नै एलबीडब्लु धरापमा परिन्। इन्दू बर्मा ९ रजमा बोल्ड आउट भइन्। रुविना क्षत्री वेलबासेले १० रन बनाउँदा बोल्ड आउट भइन्।

त्यसअघि वायोमास ओलल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङ १९.१ ओभरमा ८४ रन बनाउँदा अलआउट भयो।

हङकङकी यास्मिन दासवानी ६ रन बनाउँदा पुजा महतोको हातबाट बोल्ड आउट भइन्। अलराउण्डर पुजाले डेब्यु खेलमा नै विकेट लिएकी छिन्।

मारिको तविथा ओटा ६ रन बनाउँदा कविता विकको बलमा सीता रानाको हातबाट क्याच आउट भइन्। सिंगयान डोरोथिया चान १६ रन बनाउँदा सिता रानाको बलमा कविता विकले क्याच आउट गराउँदै पवेलियनको बाटो देखाइन्।

सीताले नै का मन चाङलाई शुन्य रनमा तथा शान्जिन शहजादलाई २ रनमा एलबीडब्लु धरापमा पारिन्। सीताले नै रुचिथा भेन्काटेसलाई १ र बिबि मर्यामलाई ९ रनमा एलबीडब्धु धरापमा पारिन्।

का यिङ चान ३४ रन बनाउँदा कप्तान रुविना क्षत्रीको हातबाट आउट भईन्। नेपालका लागि सीता राना मगर एक्लैले ५ विकेट लिईन्। सिताले ४ ओभरमा १६ रन खर्चेर पाँच विकेट लिएकी हु्न्।

इन्दु बर्माले दुई विकेट झारिन्। रुविना क्षत्री, पुजा महतो र कविता कुवँरले समान एक विकेट लिए। सिरिजको दोस्रो खेलमा नेपालले भोलि बुधबार कुवेतसँग खेल्नेछ।

Untitled
Untitled
Untitled