२०८३ असार ७ आइतवार | Sunday, Jun 21 2026

स्पेन बन्यो महिला फुटबलको च्याम्पियन

Untitled
Untitled
Untitled

एजेन्सी, इङ्ल्याण्डलाई हराउँदै स्पेनले फिफा महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।

स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि उचालेको हो । आईतबार अष्ट्रेलिया स्टेडियममा स्पेनले इङ्ल्याण्डलाई १–० गोल अन्तरले हराएको हो ।

२९ औं मिनेटमा ओल्गा कार्मुनाले गरेको गोल नै स्पेनको जितको आधार बन्यो । अधिकांश समय बलमा कब्जा जमाएको स्पेनले गोलका अन्य अवसर गुमाएको थियो ।

७० औं मिनेटमा जेनिफर हर्मोसोले पेनाल्टी मिस गरेकी थिइन । पहिलो हाफमा इङल्याण्डकी फरवार्ड लौरिन हेम्पको प्रहार स्पेनको पोस्टमा लागेको थियो ।

इङ्ल्याण्डले आयोजक अष्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

 

Untitled
Untitled
Untitled