२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने

Untitled
Untitled
Untitled

काठमाण्डौ, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको आईपीओ आज साउन २९ गते बाँडफाँड गरिने भएको छ।

धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलको कार्यालयमा अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम साँझ ५ बजे राखिएको छ।

यो कम्पनीले गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले जारीपुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १९ लाख ८८ हजार २३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न छुट्याएको थियो।

त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको थियो।

कम्पनीले २ प्रतिशतले हुन आउने ३९ हजार ७६५ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। यो आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ।

जसमा भाग्यमानी १ लाख ९५ हजार ३२७ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये थप ९ जनाले १–१ कित्ता सेयर पाउनेछन्।

Untitled
Untitled
Untitled