काठमाडौ, सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बैठक दिउँसो साढे १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो ।
बैठकमा आफ्ना सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल हुने बताइएको छ । आफ्ना सांसदलाई पक्राउ गरिएको विषयमा पार्टीको घोर आपत्ति रहेको भन्दै बैठक बोलाइएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
उनका अनुसार बैठकमा संसद्मा भइरहेको अवरोधका विषयमा पनि छलफल हुनेछ ।

































