२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

संसदीय दलको नेता बन्ने योग्यता घटेको छैन : महामन्त्री थापा

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने बताएका छन् । आइतबार संसद परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाबाटै आफूले संसदीय दलको नेता बदल्नुपर्छ भन्नेकुरा सिकेको उनले बताए ।

आफू संसदीय दलको नेतामा हारेपछि पुनः संसदीय दलको नेता बन्नका लागि प्रयास जारी राखेको र यो सामान्य प्रक्रिया भएको उनको भनाइ छ ।

संसदीय दलको नेता बन्न पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न नपाउने भन्ने उल्लेख नगरेको भन्दै उनले संसदीय दलको नेतामा लडिसकेपछि अहिले पनि त्यही योग्यता आफूसँग रहेको बताए ।

मौका हेरिराख्ने र मौकामा संसदीय दलको नेता बन्ने प्रयास नगर्नु अस्वाभाविक हुने उनको भनाइ छ । ‘हाम्रो पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न पाउँदैनस् भनेर भेनेको छैन ।

प्रतिस्पर्धा गर्ने बेलामा मैले आफूलाई योग्य ठानेर नै प्रतिस्पर्धा गरेको हो । यो बीचमा मेरो योग्यता घटेको जस्तो मलाई लाग्दैन ।’

Untitled
Untitled
Untitled