२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

इन्धनमा स्वचालित मूल्य प्रणाली लागू, ग्यास १० रुपैयाँले सस्तिने

Untitled
Untitled
Untitled

काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ।

निगम सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो।

यसअनुसार परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोकिनेछ।

यसैगरी निगम सञ्चालक समितिले खाना पकाउने एलपी ग्यासको मूल्यमा नाफा नराख्ने निर्णय पनि गरेको छ।

निगमको निर्णयअनुसार अब प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा ४–४ रुपैयाँ घट्नेछ भने ग्यासको भाउ पनि १० रुपैयाँले सस्तिनेछ।

 

Untitled
Untitled
Untitled