२०८३ जेठ २२ शुक्रवार | Friday, Jun 05 2026

कोशीका सभामुखले गल्ती गरे : नेता डा. कोइराला

Untitled
Untitled
Untitled

विराटनगर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका गलत भएको टिप्पणी गरेका छन् ।

सभामुखले सरकार निर्माणका क्रममा सदस्यको हैसियतले समर्थन गर्दा गलत नजिर स्थापित भएको उनको बुझाइ छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता डा. कोइरालाले सरकार निर्माणका क्रममा संसदीय व्यवस्थामा गणितको खेल हुने र त्यसलाई स्वीकारेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले कांग्रेस लोकतान्त्रिक परिपाटी, ससंदीय अभ्यास र संविधानलाई टेकेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएको पनि बताए ।

‘कोशी प्रदेश सरकार निर्माणका विषयमा प्रतिपक्ष दल नेकपा ९एमाले० सर्वोच्च अदालत जान सक्ने कुरा छ, अदालतको निर्णय हामी सबैले स्वीकार गर्नुपर्छ’, उनले भने ।

उनले दण्डहीनताको अन्त्य र भ्रष्टचार मुक्त समाजले मुलुकलाई समृद्धितर्फ डोर्याउने र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे ।

Untitled
Untitled
Untitled