२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

२४ गते राति १२ बजेदेखि सम्पूर्ण सरकारी भुक्तानी रोक्न सरकारलाई महालेखाको निर्देशन

Untitled
Untitled
Untitled

काठमाडौं, महालेखा नियन्त्रकको कार्यालयले आगामी असार २४ गतेदेखि सरकारी काम काजको सम्पूर्ण भुक्तानी रोक्न निर्देशन दिएको छ ।

२४ गतेभित्र चालू आर्थिक वर्षको भुक्तानी, हिसाबकिताब राफसाफ गर्न भन्दै महालेखा नियन्त्रणले सबै पालिका, प्रदेश सरकार र केन्द्र सरकारलाई निर्देशन जारी गरेको हो ।

महालेखा नियन्त्रण कार्यालयको चलानी नम्बर ३२३ को असार १० गतेको परिपत्र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भुक्तानी निकासा बन्द गर्ने र सालतमाम सम्बन्धमा विषयको पत्रको बुँदा नं.१ मा संघ प्रदेश र स्थानीय तहहरूको आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै साविकमा जस्तै निकासा भुक्तानी र प्रणालीसमेत बन्द हुने हुँदा सूचना संप्रेषण गरिएको महालेखा नियन्त्रणले जनाएको हो ।

महालेखा नियन्त्रकका अनुसार संघीय कार्यालयहरूको हकमा भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) र (२) बमोजिम र प्रदेश तथा स्थानीय तहले सोही नियमको उपनियम (७) र (८)बमोजिम गर्न र आर्थिक वर्ष समाप्त हुने सात दिनअघि अर्थात् असार २४ गते राति १२ बजेदेखि नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक सम्पूर्ण निकासा भुक्तानी गर्नुपर्नेछ ।

 

Untitled
Untitled
Untitled