२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

ललिता निवास प्रकरणमा सीआईबीले भन्यो – पक्राउ परेकाहरूको बयानका आधारमा अनुसन्धान अघि बढ्छ

Untitled
Untitled
Untitled

काठमाडौं, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारजनाको बयानको आधारमा अनुसन्धान अघि बढाइएको जनाएको छ।

ब्यूरोले मंगलबार भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ,तात्कालीन भक्तपुर मालपोत कार्यालयका कर्मचारी सुधीर शाह, मालपोत कार्यालयका कर्मचारी धर्मप्रसाद गौतम र मालपोतकै अर्का कर्मचारी गोपाल कार्कीलाई ललिता निवास जग्गा प्रकरणमा पक्राउ गरेको थियो।

केन्द्रीय अनु्सन्धान ब्यूरोले बुधबार गरेको पत्रकार सम्मेलनमा पक्राउ परेकाहरूले दिएको बयानका आधारमा अनुसन्धान अघि बढाउने जानकारी दिएको हो।

सम्मेलनमा ब्यूूरोका एसएसपी दिनेश आचार्यले जग्गा हिनामिनासम्बन्धी प्रमाणहरू संकलन भइरहेको र मुद्दाको प्रक्रिया पनि अघि बढाउने तयारी रहेको बताए।

उनले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने दावी गरे। उनले भने,’ललिता निवास जग्गा प्रकरणमा हाल चारजना पक्राउ परेका छन्।

उहाँहरूले दिएको बयानका आधारमा अनुसन्धान अघि बढ्छ। हदम्यादको कुरामा दुविधा छैन। मुद्दा सही ढंगले अगाडि बढ्छ। ‘

सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ।

वि.सं. २०४९ देखि २०६९ सम्ममा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको ललिता निवासको जग्गा प्रकरणमा सीआईवीले अनुसन्धान गरिरहेको छ ।

Untitled
Untitled
Untitled