२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

पोखरा महानगरको बजेट सात अर्ब १५ करोड

Untitled
Untitled
Untitled

पोखरा, पोखरा महानगरपालिकाले आगामी आव ०८०/८१ को बजेट सार्वजनिक गरेको छ।

शनिबार १३ औं नगरसभामा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले सात अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरिन् ।

महानगरले पूर्वाधारतर्फ दुई अर्ब, पर्यटन सहरी विकास तथा वातावरणतर्फ ७० करोड, आर्थिक विकासतर्फ १० करोड, सामाजिक विकासमा ६ करोड ५० लाख, नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख, विभिन्न कोषहरूमा १४ करोड, सङ्घीय ससर्त अनुदानतर्फ दुई अर्ब २३ करोड ६२ लाख, प्रदेश ससर्त अनुदानतर्फ ८० लाख र सहरी विकास आयोजनामा आठ करोड ४० लाख ९१ हजार विनियोजन गरेको छ।

स्रोततर्फ सङ्घीय सरकार अनुदानबाट दुई अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट दुई अर्ब २७ करोड ८७ लाख खर्च ब्यहोरिने उपप्रमुख गुरुङले जानकारी दिइन् ।

सङ्घीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट आठ करोड २५ लाख, स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब एक करोड ७५ लाख स्रोत व्यवस्थापन गरिने भएको छ।

यस्तै, सङ्घीय सरकार सहरी विकास आयोजनाबाट आठ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ।

न्यून हुन जाने ४५ करोड ६८ लाख ६५ हजार चालू आवको अन्त्यमा बचत हुने मौज्दात रकमबाट ब्यहोरिने जनाइएको छ।

Untitled
Untitled
Untitled