२०८३ जेठ २२ शुक्रवार | Friday, Jun 05 2026

बाढीले मेन्छियाम हाइड्रोपावरको भौतिक संरचना क्षतिग्रस्त, विद्युत उत्पादन र आपूर्ति बन्द

Untitled
Untitled
Untitled

संखुवासभा, वर्षासँगै खोलामा आएको बाढीले भौतिक संरचना क्षतिग्रस्त भएपछि मन्छियाम हाइड्रोपावरको विद्युत उत्पादन र आपूर्ति बन्द भएको छ।

मेन्छियाम हाइड्रोपावरले संखुवासभाको पिलुवाखोलामा निर्माण गरी माथिल्ला पिलुवाखोला–२ जलविद्युत आयोजना गरी पूर्ण क्षमतामा सञ्चालन गर्दै आएको थियो। ४.७२ मेगावाटको यो आयोजनाबाट उत्पादन विद्युत राष्ट्रिय प्रसारण लाइनमा पनि जोडिएको छ।

गत शनिबार राति करिब साढे ९ बजे पूर्वी पहाडी क्षेत्रमा परेको अबिरल वर्षाका कारण पिलुवाखोलामा आएको भीषण बाढीले आयोजनाको मुख्य संरचनाहरु पावरहाउस, हेडवक्र्स, स्विचयार्ड, ट्रान्सफर्मर, अप्रोच क्यानल, टर्बाइन, जेनेरेटर, कन्ट्रोल प्यानल, डिजी जेनेरेटर सेटलगायतका महत्वपूर्ण सबै संरचनाहरु बगाउने, भत्काउने तथा ठूलठूला ढुंगाहरुले लागेर क्षतविक्षत भएको कम्पनीले जनाएको छ।

अतः सम्पूर्ण संरचनाहरुको पुनर्निर्माण नहुन्जेलसम्म विद्युत उत्पादन र आपूर्ति कार्य हुन नसक्ने कम्पनीले जनाएको छ।

Untitled
Untitled
Untitled