२०८३ जेठ २२ शुक्रवार | Friday, Jun 05 2026

मन्त्री सिंहको शोकमा प्रदेशभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय

Untitled
Untitled
Untitled

काठमाडौं, सुदूरपश्चिम प्रदेश सरकारले सवारी दुर्घटनामा निधन भएका मन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले जानकारी दिए।

साथै बैठकले शोक बिदासँगै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

दुर्घटनापछि मन्त्री सिंहको उपचारका क्रममा कोहलपुरमा मंगलबार बेलुका ५ बजेर ३३ मिनेटमा मृत्यु भएको थियो ।

मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा मन्त्री सिंह चढेको गाडी दुर्घटना भएको थियो ।

Untitled
Untitled
Untitled