काठमाडौं, नेपाली चलचित्रका चर्चित कलाकारको उपस्थितिमा चलचित्र वेलकम टु हेम्जाकोटको प्रिमियर शो भएको छ।
काठमाडौंको चाबहिलमा केएल टावरमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको प्रिमियर शो गरिएको थियो ।
जेठ २६ देखि प्रदर्शनको तयारीमा रहेको सोसल/कमेडी चलचित्रमा बुद्धि तामाङ र विनोद न्यौपानेको शीर्ष भूमिका रहेको छ ।
बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमको कथावस्तु समेटिएको चलचित्रमा नयाँ कलाकारले पनि आफनो भूूमिकालाई राम्रै ढंगले निर्वाह गरेका छन् । चलचित्रमा बिनोदले भरपूर मनोरञ्ञ्जन दिने प्रयास गरेका छन् ।
उनले नयाँ टिमले गरेको प्रयासबाट कलाकारहरू खुसी भएको र आगामी शुक्रबारबाट दर्शकले प्रतिक्रिया दिएपछि फिल्म राम्रो र नराम्रो भन्नेबारेमा विश्वस्त हुने बताए।
बुद्धिको भूमिका छोटो भएकोले चलचित्रमा जति हुनु पर्ने मिठास हो त्यो पाउन सकिन्न् । आर्थिक अभावमा बैदेशिक रोजगारीमा जान बाध्य बुद्धिलाई थप भीमिका दिएको भए अरु मिठास आउने थियो ।
अर्कातर्फ अरु चलचित्रमा जस्तै बैदेशिक रोजगारीमा जानेका श्रीमति चैं अर्काैसित जान्छन भन्ने मान्यताले निरन्तरता पाएको छ ।
त्यति मात्र होइन तीन दशक अधि बनेका चलचित्रमा जस्तो साहुले रिण दिने र ब्याज उठाउने कथाले निरन्तरता पाएको छ । केही नयाँपन दिन खोजिएपनि परम्पराबादी शैलीलाई त्याग्न सकिएको छैन् । जातभातको बिषय बस्तु समेटिएको छ । त्यो राम्रोपक्ष हो । तर, अपूरो छ ।
सरोज पौडेल निर्देशित चलचित्रमा लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, प्रेविल कँडेल, स्व.जयनन्द लामाकोसमेत अभिनय छ।
क्लोजअप सिने प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्म तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काले निर्माण गरेका हुन्।
मिलन श्रेष्ठको एक्शन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन्।
कविराज गहतराज र गम्भीर विष्टको संयुक्त नृत्य निर्देशन, शाश्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मको गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठले स्वर दिएका छन्। राज सागरले संगीत भरेका छन्।


































