२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

घोराही सिमेन्टको बढ्यो क्लिंकर उत्पादन क्षमता, अब दैनिक ६ हजार टन

Untitled
Untitled
Untitled

काठमाण्डौ, घोराही सिमेन्ट इन्डस्ट्रीले क्लिंकर उत्पादन क्षमता बढाएको छ।

कम्पनीका अनुसार उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर उत्पादन क्षमता बढाएर अब दैनिक ३ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्याएको जनाएको छ।

यो उद्योगले यसअघि क्लिंकरको दैनिक क्षमता १ हजार ९०० टन र ग्राइन्डिङ क्षमता दैनिक २ हजार २०० टन रहेको थियो।

त्रिवेणी समूहबाट प्रवर्द्धित घोराही सिमेन्ट इन्डस्ट्री क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो।

त्यसो त घोराही सिमेन्टले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर बिक्री खुला गरेको थियो।

यो कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ताबराबरको सेयर जारी गर्ने अनुमति पाएको छ। जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि आरक्षित रहेको थियो। ‘

सो सेयर खरिदका लागि प्रभावित क्षेत्रका बासिन्दाले देखाउनुभएको सहभागिता हाम्रा लागि महत्त्वपूर्ण रह्यो’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी वैदेशिक रोजगारीमा गएका नेपालीा लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर छुट्याइएको थियो। ‘

सो सेयर खरिदका लागि देशबाहिर रहेका वैदेशिक सेयर खरिदकर्ताले देखाउनु भएको उत्साहले हामीलाई थप हौसला बढाएको छ’, कम्पनीले भनेको छ।

अब निकट भविष्यमा नै सर्वसाधारणका लागि जारी गर्ने सेयर खरिद कार्यमा आमलगानीकर्ताको सक्रिय र उत्साहपूर्ण सहभागिता हुने कम्पनीको विश्वास छ।

Untitled
Untitled
Untitled