२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मलेसियामाथि नेपालको दोस्रो जीत

Untitled
Untitled
Untitled

काठमाडौं, मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पनि नेपालले जीत निकालेको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले हरायो ।

जितसँगै सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले मलेसियामाथि सात विकेटको सानदार जीत निकालेको थियो ।

जितका लागि नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट को क्षतिमा ८३ रन मात्र बनाउन सक्यो ।

मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रन बनाएन् ।

विनिफ्रेड दुराईसिंघमले २० रन जोडिन । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालकी सिता रानामगर, इन्दू बर्मा र कविता कुँवरले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाउनुभयो । ज्योति पाण्डेले २३, सिता रानामगरले २१ र इन्दू बर्माले २० रन बनाइन् ।

बलिङमा मलेसियाका निक नुर अतिएलाले दुई विकेट लिइन् । एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले एक एक विकेट लिइन् ।

नेपालले चौथो खेल जेठ २० र पाँचौँ खेल जेठ २१ गते खेल्नेछ ।

Untitled
Untitled
Untitled