२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

२०८०को पहिलो कारोबारमा पनि झिनो अंकले घट्यो नेप्से, अर्ब मुनि रोकियो

Untitled
Untitled
Untitled

काठमाडौ, २०८०को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ। घटेको बजारमा ९७ करोडको कारोबार भएको छ।

आज १९३४.५१ विन्दूमा खुलेको बजार उच्च १९४५.०५ विन्दू र न्यून १९१८.५२ विन्दू समातेको थियो।

कारोबारमा आएका २५६ कम्पनीमध्ये ६४ कम्पनीको सेयरमूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ। १० कम्पनीको मूल्य भने स्थिर नै देखिएको छ।

आज तीन कम्पनीको सेयरमूल्य सर्किट लेबलमा बढेको छ। आर्दश लघुवित्तको ९.९९ प्रतिशत, मौलुङ हाइड्रोपावरको ९.९९ प्रतिशत र कालिन्चोक दर्शनको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।

सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य उच्च दरले घटेको छ। आज नेप्सेमा सोल्टी होटलको सर्वाधिक ३ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यसैगरी शिवम सेमेन्टको ३ करोड १७ लाख र एनआईसी एशिया बैंकको ३ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ।

Untitled
Untitled
Untitled