२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

आइपीएलमा राजाको अर्धशतकमा पञ्जाबले लखनउलाई हरायो

Untitled
Untitled
Untitled

एजेन्सी, भारतमा जारी १६ औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराएको छ ।

जारी सिजनमा पञ्जाबको यो तेस्रो जीत हो । उसले दुई खेलमा भने हारको सामना गरेको छ । आफ्नो पाँचौं खेलमा लखनउले दिएको १ सय ६० रनको लक्ष्य पञ्जाबले १९.३ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले अर्धशतकीय पारी खेले । ४१ बलको सामना गरेका उनले ४ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रन बनाए ।

त्यस्तै, म्याथ्यू सर्टले ३४, जितेश शर्माले २३ र हरप्रित सिंहले २२ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

लखनउका लागि रवि विश्नोई, मार्क वुड र युधवीर सिंहले दुईरदुई तथा कृणाल पाण्ड्या र कृष्णप्पा गौतमले एकरएक विकेट लिए ।

त्यसअघि लखनउस्थित अटल बिहारी वाजपेयी एकना स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको जायन्ट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनायो ।

उसका लागि कप्तान केएल राहुलले अर्धशतकीय पारी खेले । ५६ बलको सामना गरेका उनले ८ चौका र १ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

त्यस्तै, कायल मेयर्सले २९, कृणाल पाण्ड्याले १८ र मार्कस स्टोइनिसले १५ रन जोडे । पञ्जाबका लागि कप्तान साम करनले उत्कृष्ट बलिङ गरे ।

उनले चार ओभरमा ३१ रन दिएर सर्वाधिक तीन विकेट लिए । लखनउविरुद्ध चोटका कारण नियमित कप्तान शिखर धवनले विश्राम लिएका थिए ।

त्यस्तै, कागिसो रबाडाले दुई, हरप्रित ब्रार, अर्शदीप सिंह र सिकन्दर राजाले एकरएक हात पारे । यो जीतसँगै पञ्जाब ६ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

हारका बाबजुद लखनउ ६ अंकसहित दोस्रो स्थानमा कायमै छ । उसले ५ खेल खेल्दा तीनमा जित र दुई खेलमा हारको सामना गरेको छ ।

Untitled
Untitled
Untitled