२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

होलीले एकता र सामाजिक सद्‌भाव अभिवृद्धि गर्न प्रेरित गरोस् : सभापति देउवा

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले होली पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।

उनले फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गरी होली पर्व एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गरेका छन्।

अन्यायविरुद्ध न्यायको जितको सन्देश दिने यो पर्व नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्‌भावका साथ मनाउने गरेको बताएका छन्।

होली पर्व हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।

आज पहाडी तथा हिमाली जिल्लामा र भोलि तराईका जिल्लामा होली मनाइँदै छ।

होली पर्वले सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्‌भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गर्दै कांग्रेस सभापति देउवाले सबैमा शुभकामना व्यक्त गरेका छन्।

Untitled
Untitled
Untitled