२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन पोखरा उच्च अदालतको आदेश

Untitled
Untitled
Untitled

पोखरा, पोखरा उच्च अदालतले अभिनेता पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश दिएको छ ।

नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेपछि उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।

सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले झगडिया झिकाउने आदेश दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । आदेशसँगै अब पल शाह अब १५ दिनभित्र उच्च अदालत कास्कीमा उपस्थित हुनुपर्नेछ ।

यसअघि, जिल्ला अदालत नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिएर बाल यौन दूराचारको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेपनि जिल्ला अदालत तनहुँले भने पल शाहलाई सफाइ दिएको थियो ।

 

Untitled
Untitled
Untitled