२०८३ जेठ ३१ आइतवार | Sunday, Jun 14 2026

उपत्यकामा २४ घण्टामा २,४०८ चालक कारबाहीमा, ट्राफिक नियम उल्लङ्घनमा ४ लाख ५८ हजार राजस्व संकलन

Untitled
Untitled
Untitled

काठमाण्डौ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ठूलो संख्याका चालकहरू कारबाहीमा परेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कुल २ हजार ४०८ चालकलाई विभिन्न नियम उल्लङ्घनका आधारमा कारबाही गरिएको हो, जसबाट ४ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

कारबाही विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १४० जना, नियमविपरीत राइड सेयरिङ गर्ने ११६ जना तथा ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १३८ जना कारबाहीमा परेका छन्।

त्यसैगरी तीव्र गतिमा सवारी चलाउने २८४ चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

यस्तै लेन अनुशासन उल्लङ्घन गर्ने ८५ जना, निषेधित क्षेत्रमा अनावश्यक रूपमा हर्न बजाउने १०६ जना र सडक पेटीमा सवारी पार्किङ गर्ने १२४ जना पनि कारबाहीको दायरामा परेका छन्।

एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने ११६ जना चालक तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३३५ जनालाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

Untitled
Untitled
Untitled