२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

कालीमाटी बजारमा कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक

Untitled
Untitled
Untitled

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक बजार मूल्य सार्वजनिक गरेको छ।

समितिले दैनिक बजार गतिविधि र आपूर्तिको अवस्थालाई आधार मानेर तरकारी, फलफूल, मसला तथा माछाजन्य वस्तुहरूको अधिकतम थोक दर निर्धारण गरेको हो।

समितिका अनुसार मुख्य तरकारी समूहमा गोलभेँडाको मूल्य प्रकारअनुसार फरक देखिएको छ।

ठूलो गोलभेँडा ९नेपाली० प्रतिकिलो ६० रुपैयाँ, ९भारतीय० ७० रुपैयाँ, सानो लोकल २० रुपैयाँ तथा टनेल उत्पादन ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

आलु रातो लाम्चो ३८ रुपैयाँ, गोलो तथा मुढे ३५ रुपैयाँ र सेतो आलु ३० रुपैयाँ कायम गरिएको छ।

भारतीय प्याज प्रतिकिलो ४३ रुपैयाँमा निर्धारण गरिएको छ।

अन्य तरकारीतर्फ गाजर १०० रुपैयाँ, बन्दा ६० रुपैयाँ, काउली ६० रुपैयाँ, रातो मूला ४० रुपैयाँ तथा सेतो मूला २० रुपैयाँ तोकिएको छ।

भन्टाका विभिन्न प्रकार ३० देखि ४० रुपैयाँसम्ममा कारोबार भइरहेको समितिले जनाएको छ।

फलफूल तथा बाली समूहमा भटमास कोसा १२० रुपैयाँ, मटरकोसा १३० रुपैयाँ, घिउ सिमी ५० देखि १०० रुपैयाँसम्म, लौका ५० रुपैयाँ र तीते करेला ४० रुपैयाँ निर्धारण गरिएको छ।

पातदार सागसब्जीतर्फ रायो साग ४० रुपैयाँ, पालुङ्गो तथा चमसुर ९० रुपैयाँ, तोरीको साग ६० रुपैयाँ र हरियो प्याज ९० रुपैयाँ कायम गरिएको छ।

च्याउका विभिन्न प्रकार २५० रुपैयाँदेखि १,००० रुपैयाँसम्मका दरमा कारोबार भइरहेको छ।

फलफूलतर्फ स्याउ ३०० रुपैयाँ, केरा २००–२२० रुपैयाँ, अनार ४२० रुपैयाँ, कागती १६० रुपैयाँ तथा आँप ८०–१०० रुपैयाँसम्म निर्धारण गरिएको छ।

लिची २५०–३०० रुपैयाँ, भुइँकटहर २०० रुपैयाँ र तरबुजा ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मसलाजन्य वस्तुमा सुकेको खुर्सानी ५०० रुपैयाँ, लसुन १८०–२२० रुपैयाँ, अदुवा १३० रुपैयाँ तथा हरियो धनियाँ ११० रुपैयाँ कायम गरिएको छ।

माछाजन्य उत्पादनमा ताजा माछा २५०–३४० रुपैयाँ तथा सुकेको माछा १,००० रुपैयाँसम्म कारोबार भइरहेको समितिले जनाएको छ।

समितिले आपूर्ति, माग तथा मौसमी अवस्थाअनुसार मूल्यमा परिवर्तन हुन सक्ने भएकाले उपभोक्ता र व्यापारीलाई अद्यावधिक दरअनुसार कारोबार गर्न आग्रह गरेको छ।

Untitled
Untitled
Untitled