२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगो, सबै यात्रु सुरक्षित

Untitled
Untitled
Untitled

काठमाण्डू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि पाङ्ग्राबाट आगो निस्किएको छ ।

इस्तानबुलबाट काठमाडौँ आएको विमान रनवेमा अवतरण गर्ने क्रममा चिप्लिएजस्तो देखिएपछि पाङ्ग्राबाट धुवाँ र आगो देखिएको विमानस्थल स्रोतले जनाएको छ ।

घटनालगत्तै विमानस्थलको आपत्कालीन टोली सक्रिय भएर दमकलमार्फत आगो नियन्त्रणमा लिएको थियो ।

विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको बताइएको छ । सुरक्षाको दृष्टिले इमर्जेन्सी ढोका प्रयोग गरी यात्रुहरूलाई बाहिर निकालिएको थियो ।

घटनापछि केही समय विमानस्थल क्षेत्रमा उच्च सतर्कता अपनाइएको थियो भने प्राविधिक टोलीले विमानको अवस्थाबारे थप जाँच शुरु गरेको जनाइएको छ ।

प्रारम्भिक रूपमा कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ ।

Untitled
Untitled
Untitled