२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मेची उद्योग वाणिज्य सङ्घको नेतृत्व चयन , प्रसाईं पुनः अध्यक्ष

Untitled
Untitled
Untitled

बिर्तामोड, मेची उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खेमराज प्रसाईं पुनः निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक पदम डाँगीका अनुसार सम्पन्न निर्वाचनमार्फत सङ्घको नयाँ नेतृत्व चयन गरिएको हो ।

वरिष्ठ उपाध्यक्षमा आनन्द खड्का निर्वाचित भएका छन् भने वाणिज्य उपाध्यक्षमा सन्तोष खवास, महिला उपाध्यक्षमा उषा श्रेष्ठ र महासचिवमा ध्रुव कनाल विजयी भएका छन् ।

यसैगरी सदस्य पदमा चम्पा नेम्वाङ, कल्पना प्रसाई, अर्जुन तिवारी, आशिस सङ्ग्रौला, दिनेश पोख्रेल, जयकुमार श्राफ, खिरोज बराल, राजेशकुमार बंशल, सचिन निरौला र तारा श्रेष्ठ निर्वाचित भएका छन् ।

नवनिर्वाचित नेतृत्वले उद्योग–व्यापार क्षेत्रको प्रवर्द्धन, स्थानीय व्यवसायको विस्तार तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ ।

Untitled
Untitled
Untitled