२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा आगलागी, दुई जनाको मृत्यु

Untitled
Untitled
Untitled

उदयपुर, उदयपुरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा रहेको दुई घरमा आज बिहान आगलागी भएको हो।

मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

त्रियुगा र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीको कारण खुल्न सकेको छैन।

Untitled
Untitled
Untitled