२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

संसदीय दलको नेता चयनका लागि कांग्रेसले सांसदहरूसँग छलफल गर्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि आज आफ्ना सांसदहरूसँग छलफल गर्ने भएको छ।

दलको नेता चयनका लागि कांग्रेसले समिति नै गठन गरेको छ।

सो समितिले आज दिउँसो ३ बजे कांग्रेसका सबै सांसदहरूसँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेको समितिका संयोजक प्रकाश स्नेहीले जानकारी दिए।

सबै दलले संसदीय दलको नेता चयन गरेपनि आन्तरिक विवादमा रुमल्लिएको कांग्रेसले अझै नेता चयन गर्न सकेको छैन।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसका ३८ सांसद छन्।

दलको नेतामा कांग्रेसका पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्म आङदम्बे, मोहन आचार्य लगायतले दाबी गर्दै आएका छन्।

Untitled
Untitled
Untitled